भारतीय रक्षा प्रमुख भन्छन्ः हाम्रो सबैभन्दा ठूलो सुरक्षा चुनौती चीन हो

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २५


भारतका रक्षा प्रमुख बिपिन रावतले भारतको लागि चीन सबैभन्दा ठूलो सुरक्षा चुनौती भएको बताएका छन्।

टाइम्स नाउँ टीभीको विशेष कार्यक्रममा बोल्दै रावतले पाकिस्तानभन्दा पनि चीन सुरक्षाको दृष्टिकोणले ठूलो चुनौती भएको उल्लेख गरेका हुन्।

उनले उत्तरको सिमाना कुनै शंका विना भारतको लागि चुनौती भएको उल्लेख गर्दै भने,‘गत वर्ष हिमालय क्षेत्रको सीमा सुरक्षाको लागि केन्द्र सरकारले पठाएको हजारौं सैनिक लामो समयदेखि आफ्नो बेस क्याम्पमा फर्किने अवस्था बनेको छैन।’

रावतले चीन र भारत दुवै मुलुक परमाणु हतियारसम्पन्न मुलुक भएको र विश्वासको कमी र एकअर्कामा देखिएको सन्देहको कारण अहिलेको अवस्था उत्पन्न भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्