अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्रीसँग भेट्ने

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ३५


काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल भ्रमणका लागि आउने भएका छन्।

अमेरिकी राज्य विभागले दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने शनिबार जानकारी दिएको हो।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्ष नेताहरुलाई भेट्ने समेत विभागले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने छन्।

त्यहाँबाट उनी काठमाडौं आउन लागेका हुन्। अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो।


प्रतिक्रिया दिनुहोस्