प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुइतिहाई चाहिन्छ, हामी नियालिरहेका छौंः मनिष सुमन

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : २८


काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भए पनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन्।

उनले भने, ‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो। सुरुदेखि नै हाम्रो लाइन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ। आस्था छ। अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन। अदालतभित्रको चलिरहेको आन्दोलनबारे पनि हामी जानेर नै मौन छौं। बार एशोसिएशन विद्धानहरुको थलो हो। श्रीमानहरु पनि छन्। आन्दोलनले छिट्टै निकास पाउला। तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतै पनि आफूलाई उभ्याउँदैनौं।’

उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे। शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्‍यो भने सोचौला। तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं।’

उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन हचुवाका भरमा नबोल्ने पनि स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्