लिभरपुलको अपराजित यात्रा जारी

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ ।

भिल्लाको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्डी रोबर्टसन र साडियो मानेले एक–एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको २१ औं मिनेटमा ट्रेजेक्वेटले गोल गर्दै भिल्लालाई १(० को अग्रता दिलाएका थिए ।

तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा भिल्लाले हार व्यहोरेको छ ।

रोबर्टसनले खेल सकिन ३ मिनेट बाँकी रहदा ८७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २(१ को जित दिलाए ।

जितसँगै अपराजित यात्रा कायम राखेको, लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले ११ खेलबाट ३१ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २५ अंक रहेको छ । पराजित भिल्ला ११ अंक जोडेर १६ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्