मेस्सीले गोल गरे तर पनि हार्‍यो बार्सिलोना

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ०६


काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा खेलमा लेभान्टेले बार्सिलोनालाई ३–१ ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि बार्सिलोना पराजित भयो । उसका लागि कप्तान लियोनल मेस्सीले ३८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

तर दोस्रो हाफमा लेभान्टेले ७ मिनेट भित्रमा तीन गोल गरेको हो । उसका लागि ६१ औं मिनेटमा जोसे काम्पानाले बराबरी गोल फर्काए । ६३ औं मिनेटमा बोर्खा मायोरलले गोल गर्दै लेभान्टेलाई अघि लगे ।

६८ औं मिनेटमा नेमानिया राडोयाले गोल गरेपछि लेभान्टेले ३–१ को जित निकाल्यो ।

पराजित भए पनि ११ खेलबाट २२ अंकसहित बार्सिलोना शीर्ष स्थानमा कायम छ । आठौं स्थानमा पुगेको लेभान्टेको १२ खेलबाट १७ अंक भएको छ ।


प्रतिक्रिया दिनुहोस्