कांग्रेसले आज उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ०५


काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंसिर ज्ञद्ध गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार चयन गर्दैछ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले  उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिए पछि आज बैठक बसेर उम्मेदवार चयन गर्न लागिएको हो । 
कांग्रेस विधानअनुसार उम्मेदवार चयनको अधिकार संसदीय बोर्डलाई छ। तर बोर्ड गठन नभएपछि शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले पदाधिकारीलाई उम्मेदवार टुंग्याउने जिम्मा दिएको हो ।

दुई वर्षअघि सम्पन्न संघ र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय बोर्ड खारेज गर्नुभएको थियो ।  त्यसपछि बोर्ड गठन हुन सकेको छैन।
शुक्रबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पदाधिकारीलाई उम्मेदवारको चयनको अधिकार दिइनु विधानविपरीत हुने भन्दै असहमति जनाएका थिए । 

उपनिर्वाचन मंसिर १४ मा हुँदै छ। संघ र प्रदेशतर्फ मनोनयनका लागि कात्तिक २१ गतेको समय दिएको छ। कास्की निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा, बागलुङ, भक्तपुर र दाङमा गरी तीन क्षेत्रमा प्रदेशसभाका लागि लागि उपनिर्वाचन हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्