अर्बपति बेजोस भन्छन्ः अन्तरिक्षमा बच्चा जन्मिनेछन्, पृथ्वीमा विदा मनाउन जानेछन्…

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ३ : २३


अमेजनका कार्यकारी अधिकृत तथा अर्बपति जेफ बेजोसले असामान्य भविष्यवाणी गरेका छन्। उनले भविष्यमा अन्तरिक्षमा मानिसहरुको जन्म हुने र ती मानिसहरु पृथ्वीमा आफ्नो बिदा मनाउन जाने उल्लेख गरेका छन्।

उनी अन्तरिक्ष कम्पनी ब्लू ओरिजनका मालिक हुन्। हालै उनी आफ्नो कम्पनीले बनाएको विमानमार्फत् अन्तरिक्षमा पुगेर फर्किएका थिए।

आफ्नो कम्पनीको विमानका कारण अन्तरिक्ष पर्यटन फस्टाउने विश्वास रहेको छ। त्यतिमात्र होइन् भविष्यमा अन्तरिक्षमा सहर बस्ने र त्यहाँ मानिसको जन्म हुने बेजोसको तर्क रहेको छ।

बिजनेस इन्साइडरका अनुसार बेजोसले अन्तरिक्षमा बस्ने बस्ती तैरिएर रहेका घरहरुजस्तै हुने जनाएका छन्। उनका अनुसार यसरी बनाइएका घरमा १० लाख मानिस बस्न सक्ने र त्यहाँ नदी, जंगल र अन्य वन्यजन्तु पनि हुनेछन्।

बेजोसले अर्को ग्रहमा बस्ती बसाउनुभन्दा अन्तरिक्षमा बस्ती बनाउनु राम्रो हुने दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्