चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुदै

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  २ : ०२


बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ।

उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएको हो।उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ।

उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्ने प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन। एजेन्सी


प्रतिक्रिया दिनुहोस्