हिमानी शाहद्वारा नागपोखरीमा छठीमाताको पूजा

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १ : ३८


काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गर्नु भएको छ ।

पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा अर्चना गर्नु भएको हो ।

छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरुको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रुपमा मनाईएको छ ।

नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ । विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरुमा पनि मनाउने कामको  विधिवत सूरुवात २०५८ सालबाट भएको बताइन्छ । 


प्रतिक्रिया दिनुहोस्