काठमाडौंका यी ठाँउमा आज बिजुली जानसक्ने (सूचीसहित)

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : २२


नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँमा विद्युत कटौती गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै कीर्तिपुर, सुकेधारा, नागार्जुन, तारेभिर र मच्छेगाउँमा केहिबेर विद्युत अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार कीर्तिपुर फिडर अन्तर्गत बल्खु, खसीबजार, टि.यु, चोभार, पाँगा, टौदह क्षेत्रमा दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

यस्तै सुकेधारा फिडर अन्तर्गत मण्डिखाटार, एकतावस्ती, न्यु कोलोनीलगायतका क्षेत्रमा १२ बजेदेखि ५ बजेसम्म विद्युत अवरोध हुनेछ।


प्रतिक्रिया दिनुहोस्