सुत्केरी महिलाको मृत्यु

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १ : ०७


बाजुरा । त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ ।

सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो । 

प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् ।

उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले बताउनुभयो ।

यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्