उधारो सुट लगाएर गौरीसँग विवाह गरेका थिए शाहरुखले

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : २८


एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको वास्तविक जीन्दगी निकै रोमान्टिक छ। गौरीसँग उनको लभ लाइफ कुनै फिल्मी स्टोरी भन्दा कम छैन्। पहिलो नजरमै गौरीसँग शाहरुख फिदा भएका थिए। आज पनि उनीहरुको प्रेमको निकै तारिफ हुने गर्दछ।  आज उनै बलिउड अभिनेता शाहरुखको जन्मदिन परेको छ। यही मौकामा उनको गौरीसँग जोडिएका केही रोचक प्रसङ्ग प्रस्तुत गरेका छौँ। 

कमैलाई मात्र थाहा छ १८ वर्षकै उमेरमा शाहरुख गौरीको प्रेममा थिए। यस्तो पनि समाचार सार्वजनिक हुने गरेको छ की उनीहरुको पहिलो डेट दिल्लीमा भएको थियो। उनीहरुबीच फस्र्ट डेट मुस्किलले १० मिनेटसम्म चलेको थियो। 

यस फिल्मी लभ स्टोरीको सुरुवात एक फ्रेण्डको पार्टीका क्रममा भएको थियो। त्यसपछि शाहरुखले गौरीको घरको नम्बर पाएका र कुराकानीको सिलसिला सुरु भयो। 

शाहरुखले गौरीसँग यतिधेरै माया गर्थे की गौरीलाई खोज्न पनि सडक र स्टेशनरीमा पनि सुतेका थिए। रिर्पोटका अनुसार एक पटक गौरी शाहरुखलाई नभनी मुंबई पुगेकी थिइन्। तब शाहरुखलाई महशुस भयो की गौरी बिना उनी बस्न सक्दैनन्। शाहरुखले यो कुरा आमालाई सुनाएका थिए। शाहरुखकी आमाले १० हजार रुपैयाँ दिएर गौरीलाई खोज्न पठाएकी थिइन्। 

शाहरुख गौरीलाई खोज्न मुंबई पुगे र उनले गौरीलाई भेटेरै छोडे। शाहरुख गौरीको विवाह २५ अक्टोबर १९९१ मा भएको थियो। उनले विवाहका दिन 'राजू बन गया जैंटलमैन' को सेटबाट उधारो लिएर सुट लगाएका थिए।   


प्रतिक्रिया दिनुहोस्