भिनाजुकै अगाडि सालीको सामुहिक बलात्कार

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : ११


उत्तर प्रदेश । २४ वर्षीय एक युवती आफ्ना भिनाजुका साथ आफन्तको घरमा जाँदै थिइन्। त्यही मौकामा ६ जना व्यक्तिले हतियारको बलमा युवतीको सामुहिक बलात्कार गरेका छन्। 

यति मात्र हैन उनीहरुले बलात्कारको भिडियो बनाएर सामाजिक सञ्जालमा पनि पोस्ट गरे। भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेर आरोपीको खोजी गरिरहेको छ। 

घटना भारतको उत्तर प्रदेशस्थित चित्रकुट जिल्लाको हो। सामाजिक सञ्जालमा सामूहिक बलात्कारको भिडियो भाइरल भएको छ। भिडियोका आधारमा ४ जना आरोपीको पहिचान भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

६ जना विरुद्द प्रहरीले कलात्कार, लुटपाट र ज्यान मार्ने धम्कीको आरोपमा मुद्दा दर्ता गरेको छ। 


प्रतिक्रिया दिनुहोस्