डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४३


एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ।

शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो।

अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे। नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ। अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ। अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ।

पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्