गोरखामा धान झॉट्दै पूर्वप्रधानमन्त्री डा.भट्टराई, कोदो केलाउॅदै पूर्वमन्त्री यमी

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ३३


काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई पछिल्लो समय गृहजिल्ला गोरखामा व्यस्त छन्।

डा.भट्टराई गोरखाका विभिन्न ठाँउको भ्रमणमा समेत निस्कने गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफू स्थानीयको धान झाटँदै गरेको र पत्नी एवं पूर्वमन्त्री हिसिला यमी कोदो केलाउँदै गरेको तस्विर सेयर गरेका छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले डा.भट्टराईको यो सामाजिक काम चुनाव लक्षित भएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्