पूर्व सांसद महतोको निधनप्रति विप्लव नेकपाद्धारा दुःख व्यक्त

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्व सांसद राम लखन महतोको निधनप्रति दुःख व्यक्त गरेको छ  ।

विप्लव नेकपाको जनकपुर  ब्युरो इन्चार्ज अरुणले महतोको निधनबाट पार्टीलाई क्षती पुगेको उल्लेख गर्नु भएको छ ।

२०५१ सालमा तत्कालीन एमालेको तर्फबाट नेपाली काँग्रेसका उम्मेद्वार पूर्व राष्ट्रपति रामवरण यादवलाई हराएर सांसद बन्नु भएका महतोको शुक्रबार साइकलमा सवार रहेका बेला स्कुल बसको ठक्करबाट मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्