प्रहरी आयुक्तको हत्या

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


सिन्ह्वा । बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ। बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ। 

उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ। केही समययता यहाँ जिहादीहरुले हिंसा मच्चाइरहेका छन्। उनीहरुले पछिल्लो समयमा सुरक्षाकर्मीहरुका साथै सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् । 

उत्तरपश्चिमी बुर्किनाफासोको सबाना जिल्लामा रहेको प्रहरी कार्यालयमा करिब १५ जनाको संख्यामा आएका हतियारधारीले ती प्रहरी आयुक्तको हत्या गरेका समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्