प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ४ : ४४


काठमाडौं। नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन्। मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।

माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो।


प्रतिक्रिया दिनुहोस्