सचिवालय बैठकमा स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीद्धारा बिफ्रिङ

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : १६


काठमाडौं । उपनिर्वाचनका लागि उम्मेद्धवार तय गर्न बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे  बिफ्रिङ गर्नुभएको छ ।

बिरामी भएपछि दुई दिन ग्राण्डी अस्पतालमा बस्नु भएका प्रधानमन्त्रीले सचिवालय बैठकमा आफू गम्भीर बिरामी परेको जानकारी दिनुभयो । 

मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको प्रधानमन्त्रीले  नेताहरुलाई जानकारी दिनु भयो । आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्ने तयारी रहेको उहाँले बताउँनु भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत ब्रिफिङ गर्नुभएको छ । उहाँले भन्नु भयो ‘केही रिपोर्ट आउन बाँकी छ, त्यसपछि डाक्टरहरुले फाइनल गर्छन्’ ।


प्रतिक्रिया दिनुहोस्