साझा पार्टीको दाङ प्रदेशसभा उम्मेदवार घोषणा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । साझा पार्टीले दाङका सामाजिक अभियन्ता शिबकुमार चौधरीलाई साझा पार्टी दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन् ।

चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्धन, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने(टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान प्रतिवद्धता व्यक्त गरेका छन् ।

सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिको राजनीतिक यात्रालाई आत्मसात गर्दै अघि बढेको साझा पार्टीका उम्मेदवारलाई विजयी गराउन हामी सबैसँग हार्दिक अपील गर्दछौँ ।

साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं २ र भक्तपुर क्षेत्र नं १ को प्रदेश (क)मा उम्मेदवार घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्