हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ३१


टोकियो । हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुवै देश सहमत भएका हुन् । अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो ।

भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए । भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे दुवै जनाले चासो देखाएका थिए । सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र समवृद्धि कायम गर्न अमेरिकी प्रतिबद्धता दोहो¥याएका थिए ।

अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासा हायासीसँग पनि भेट गरेका थिए । रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लो छ ।


प्रतिक्रिया दिनुहोस्