पतिको हत्या गर्न पत्नीले किलरलाई सुपारी दिएपछि….

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ८ : ५०


एजेन्सी । पतिको हत्याका लागि किलरलाई सुपारी दिएकी पत्नी पक्राउ परेकी छिन्। सबैभन्दा रोचक कुरा त के छ भने हत्याका लागि सुपारी लिएका किलरले नै उनका पतिको ज्यान बचाएका हुन्। 

यो घटना भारतको पंजाबस्थित अमृतनगर जिल्लाको हो। अमृतसरस्थित सिंह रोडमा बस्ने नरिंदर कौर डुवारा आफ्ना पति बख्शीशको हत्या गर्न असफल भएकी हुन्। 

उनले पतिको हत्या गर्न एक जना सिलर किलरलाई सुपारी दिएकी थिइन्। तर सुपारी लिएका किलरको मन पग्लियो। त्यसपछि उनले आफ्नै शिकारलाई बचाउने निर्णयमा पुगे। उनले आफ्ना साथीहरुसँग कुरा गरेर महिलाका पतिको ज्यान बचाउन आग्रह गरे। त्यसपछि उनका साथीहरुले प्रहरीलाई हत्या हुन लागेको अग्रिम सुचना दिए। 
सुचना पाएको प्रहरीले हत्याको निर्धारित समयभन्दा दुई घण्टा अगावै सुपारी दिने व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ परेकी महिला नरिंदरमाथि ऋणको भारी थियो। उनका पति बख्शीश सरकारी कर्मचारी थिए। उनले पत्नीलाई पैसा दिने गरेका थिएनन्। त्यसैले उनको हत्या गरेर पत्नीले सबै सम्पत्ति कब्जा गर्न चाहन्थिन्। यस कामका लागि उनले सुपारी किलरको सहायता लिएकी थिइन्। सुपारी किलरले आफ्नो शिकारको बारेमा सबै कुरा थाहा पाएपछि मन पग्लियो र उनको हत्या गर्नुको साटो बचाउन तर्फ लागे। 


प्रतिक्रिया दिनुहोस्