प्रधानमन्त्रीका अंगरक्षकलाई नेपाली सेनाको जिम्मा लगाइयो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । जुवा खेलिरहेको बेला पक्राउ परेका प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड राजेन्द्र शाहीलाई नेपाली सेनाको जिम्मा लगाइएको छ । 

प्रहरीले थप ८ जनालाई हिरासतमा राखेको छ ।

प्रधानमन्त्रीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी नेपाली सेनाका सेनानी (मेजर) शाहीलाई काठमाडौं प्रहरी परिसर, टेकुले शुक्रबार पक्राउ गरेको थियो । 

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान, लागू औषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अरु अभियोग लागेका सैनिकलाई सेनाले नै छानबिन र कारबाही गर्ने कानुनी व्यवस्था छ । 

पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्