ओलीको निवासमा जनगणना

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ०४


केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा आज जनगणना गरेको छ।

अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाउनुभयो। आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्