जुवाको खालबाट नगदसहित ५ जना पक्राउ

प्रकाशित मिति : असार २, २०७८ बुधबार


चितवन । इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय माडीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो। उनीहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्