विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीको टोली काठमाडौँमा

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौँ। विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम काठमाडौँ आइपुगेको छ। एक साता नेपालमा रहने एमसीसीको टिमले राष्ट्रिय टिमसँग टी–ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ। 

एमसीसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरिसकेको छ। यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्ने छ। त्यस्तै एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आएको हो। यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।

एमसीसीसँगको खेल तालिकाः

नोभेम्बर ३ः  एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)

 नोभेम्बर ४ः  एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर)

 नोभेम्बर ६ देखि ८ः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसीय)

 नोभेम्बर ९ः  एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)

पोखरामा हुने खेलः

 नोभेम्बर ११ः एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
 नोभेम्बर १२ः एमसीसीविरुद्ध मुख्यमन्त्री – ११ (२० ओभर)


प्रतिक्रिया दिनुहोस्