गायक प्रदिपसँग यस्तो लुक्समा देखिइन् रिमा (भिडियो)

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : १५


काठमाडौँ । गायक प्रदिप लकान्द्रीको गीत नजिकै बसौ सार्वजनिक भएको छ। 

गीतमा लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ। गीतका शब्द सानु कोबिदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार साहीको रहेको छ। संगीत संयोजन रिकेश गुरुङले गरेका हुन।

गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन। बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन। 

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ। सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।


प्रतिक्रिया दिनुहोस्