श्रीमतीबारे अश्लिल टिप्पणी गरेपछि यी भारतीय प्रहरीले मारे चार सहकर्मी

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ५ : ३४


भारतमा हालै एक प्रहरीले आफ्ना चार सहकर्मीको हत्या गरेका छन्।

छत्तीसगढ राज्यमा गत सोमबार बिहानै कार्यालयभित्रै गोली हानेर ती प्रहरीले चार जना सहकर्मी प्रहरीको हत्या गरेका हुन्।

प्रहरी जवान रितेश रञ्जनले बयानमा सहकर्मीले श्रीमतीबारे अश्लिल टिप्पणी गरेपछि आफूले उनीहरुमाथि गोली चलाएको बताएका छन्।

छत्तीसगढमा पर्ने सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविरमा कार्यरत प्रहरी जवान रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्नै सहकर्मीलाई अन्धाधुन्ध गोली हानेका थिए। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस्