क्रिकेटमा भारत हारेपछि विराटकी छोरीलाई यी युवकबाट बलात्कारको धम्की आयो…

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ४८


भारत यतिबेला टी २० विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिसकेको छ। तर भारतीय नागरिकहरु भारत विश्वकपबाट बाहिरिएकोले भन्दा पनि भारत पाकिस्तानसँग हारेकाले निकै रुष्ट बनेका छन्।

भारत विश्वकपबाट बाहिरिएपछि क्रिकेटको कप्तानीबाट विराट कोहली हटाइएका छन्। तर अझै पनि पूर्व कप्तान विराट कोहलीप्रति मानिसहरु रुष्ट छन्।

यहाँसम्म कि एक व्यक्तिले विराट र बलिउड अभिनेत्री अनुष्का शर्माकी ९ महिनाकी छोरीलाई बलात्कार गर्नेसम्मको धम्की दिए। एनडीटीभीका अनुसार बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको छ।

खबरअनुसार २३ वर्षीय आरोपी रामनागेश अकुबाथिनीलाई मुम्बई प्रहरीको साइबर सेलले बुधबार पक्राउ गरेको हो।

उनले आईआईटी हैदराबादबाट बिटेक गरेका छन् र पेसाले उनी इन्जिनियर हुन्।

उनले भारत पाकिस्तानसँग हारेको झोँकमा ट्विटरमा अपशब्द प्रयोग गर्दै छोरी बलात्कार गर्नेसम्म धम्की दिएका थिए। पछि सो ट्विट डिलेट गरेता पनि उनी यतिबेला पक्राउ परेका हुन्।


प्रतिक्रिया दिनुहोस्