परस्त्रीसँग सम्बन्ध राख्ने धर्मगुरुलाई दिइयो यस्तो सजाय

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ५ : २३


इन्डोनेशिया । इन्डोनेशियामा परस्त्रीसँग सम्बन्ध राख्ने धर्मगुरुलाई कठोर सजाय दिइएको छ। 

विवाहित स्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि मुखलिस बिन मुहम्मद नामका ती धर्मगुरुलाई दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले २८ पटक हिर्काइएको हो।

धर्मगुरुले व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्था  आचे उलेमा काउन्सिलमा काम गर्ने गर्दछन्। उनी सम्बन्ध राख्ने महिलालाई पनि २३ पटक बेतको छडीले हानिएको छ। 

एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकला गरिरहेको 
उनीहरु रंगेहात समातिएको बीबीसीले जनाएको छ। 

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ। आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडीले हानिन्छ।

उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले जानकारी दिए।

दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्