२१ हप्तामै जन्मियो बच्चा, छोटो अवधिमा जन्मिएको बच्चाको वजन अधा केजीभन्दा कम!

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ०८


अमेरिकामा समय अगावै गतवर्ष एक बच्चाको जन्म भएको थियो। उक्त बच्चाको वजन जन्मिँदा आधा केजीभन्दा कम थियो।

२१ महिनामै जन्मिएका कर्टिस मिन्सको नाम यतिबेला गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिएको छ। जन्मिँदा ४२० ग्राम वजन भएका उनी विश्वमा सबैभन्दा छोटो अवधिमा समय अगावै जन्मिएको बच्चा हुन्।

जब उनको जन्म भएको थियो। कर्टिसको मृत्यु हुने संभावना धेरै रहेको बताइएको थियो। तर भेन्टिलेटरमा २७५ दिनसम्म राख्दा उनको ज्यान जोगियो।

हाल कर्टिसको पहिले र अहिलेका तस्बिरहरु निकै भाइरल भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्