हङकङको यो अपार्टमेन्ट एसियाकै महँगो अपार्टमेन्ट

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : २९


हङकङ। हङकङको एउटा अपार्टमेन्ट एसियाकै मंहगो साबित भएको छ। माउन्ट निकोल्सस्थित अर्पाटमेन्टलाई ६४ करोड हङकङ डलरमा बिक्री गरिएको छ।

यस हिसाबले अर्पाटमेन्टको प्रति वर्ग फिट मूल्य १ लाख ४० हजार ८०० हङकङ डलर पर्छ। सहरकै महंगामध्येका दुई कम्पनी वार्फ होल्डिङ्स लिमिटेड र नान फङ डेभलपमेन्ट लिमिटेडले सो अपार्टमेन्ट बिक्री गरेका हुन्।

पहाडको चुचुरोमा रहेको सो अपार्टमेन्ट हङकङ टापुको सुविधा सम्पन्न र बिलासी क्षेत्रमा छ। अर्पाटमेन्टका तीन ओटा पार्किङ क्षेत्र छन्। अर्पाटमेन्ट चार हजार ५४४ वर्ग फिटमा फैलिएको छ।

यो अर्पाटमेन्टले नौ महिनाअघि बिक्री भएको अर्को अर्पाटमेन्टको रेकर्ड तोडेको छ। फेब्रुवरीमा हङकङका धनाढ्य भिक्टर लिको कम्पनी सीके असेट होल्डिङले प्रति वर्ग फिट १ लाख ३६ हजार हङकङ डलरमा एउटा अपार्टमेन्ट बिक्री गरेको थियो।

पछिल्लो खरिद बिक्रीले हङकङ सहरको सुबिधा सम्पन्न आवासीय बजारको मूल्य निरन्तर बढिरहेको देखाएको छ।

घर जग्गा तथा भवनमा भइरहेको लगानीबारे अनुसन्धान गर्दै आएको कोलिर्स इन्टरनेसनलका अनुसार पछिल्लो एक वर्षमा हङकङमा अर्पाटमेन्ट तथा भवन खरिद बिक्रीमा १२ अर्ब ८ करोड डलर बराबरको कारोबार भएको छ।

यो कारोबार अघिल्लो बर्षको तुलनामा दोब्बर हो। त्यस्तै, आगामी वर्षको दोस्रो तीन महिनामा घर तथा अर्पाटमेन्टको मूल्यमा ३ प्रतिशतले बृद्धि हुने कोलिर्स इन्टरनेसनले अनुमान गरेको छ।

पछिल्लो समय मुख्य भूमि चीन र र हङकङबासीको रोजाई महंगा घर र अर्पाटमेन्टमा परेको छ।


प्रतिक्रिया दिनुहोस्