राज कुन्द्रा जेलबाट निस्केपछि पहिलोपटक शिल्पासँग सार्वजनिक रुपमा देखिए

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : ००


पोर्न भिडिओ बनाएको आरोप लागेका उद्योगपति राज कुन्द्रा दुई महिना अगाडि ५० हजार धरौटी तिरेर जमानतमा जेलबाट रिहा भएका थिए।

त्यसयता उनी र उनका श्रीमती शिल्पा सेट्टी सँगै भएको तस्बिर सार्वजनिक भएको थिएन। शिल्पाले त कुन्द्रालाई सम्बन्धविच्छेद गर्नेसम्म चर्चा चलेको थियो।

यसबीचमा दुई महिनापछि उनीहरु सार्वजनिक रुपमा सँगै देखा परेका छन्। तस्बिरमा उनीहरु खुशी देखिन्छन्। जसकारण उनीहरुले सम्बन्धविच्छेद नगर्ने अनुमान गरिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार पवित्र तीर्थयात्राका शिल्पा र राज कुन्द्रासँगै धर्मशालामा देखिएका हुन्। यसअघि शिल्पाले राज कुन्द्राको विषयमा आफ्नो नाम जोडेर समाचार नबनाउन आग्रह गरेकी थिइन्।

 

View this post on Instagram

 

A post shared by ETimes (@etimes)


प्रतिक्रिया दिनुहोस्