अमेरिकामा गएको महिना सवा एक लाख रोजगारी सिर्जना

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


एजेन्सी । अमेरिकामा गत अक्टोबरमा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ ।

सरकारी अधिकारीहरूले गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् ।

श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ ।

यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्