माओवादी अध्यक्ष प्रचण्ड शे-फोक्सुण्डो तालमा

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : ५४


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय विभिन्न जिल्ला भ्रमणमा छन्।

अध्यक्ष दाहाल बिहिबार पार्टीको कामले डोल्पा पुगेका थिए।

उनले डोल्पाका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित एमाले नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराए।

डोल्पाबाटै दाहाल शे-फोक्सुण्डो तालको भ्रमणमा पनि गएका छन्। दाहालकी स्वकीय सचिव एवं छोरी गंगा दाहालले सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी छन्।

 


प्रतिक्रिया दिनुहोस्