यमनमा ९ महिनाकी गर्भवती महिला पत्रकारको बम विस्फोटन गराएर हत्या

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : २४


यमनमा एक गर्भवती महिला पत्रकारको सुनियोजित रुपमा हत्या भएको छ।

सीएनएनका अनुसार ९ महिनाकी गर्भवती पत्रकार र उनका श्रीमान चढ्ने गाडीमा बम जडान गरिएको थियो। दुवै जनालाई हत्या गर्ने योजना भएता पनि महिलाको मात्र मृत्यु भएको बताइएको छ।

खबरअनुसार महिला पत्रकारको नाम रासा अब्दुल्लाह अल–हराजी हो। उनका श्रीमान जो गम्भीर घाइते भएका छन् उनी पनि पत्रकार हुन्। उनको नाम महमोउद अमिन अल–आतिमी हो।

अबियान समुद्री किनारमा रहेको उनीहरुको गाडीमा बम सुनियोजित रुपमा अज्ञात समूहले जडान गरेका थिए।

यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। प्रहरीले भने हत्याराहरुको खोजी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्