प्रधानमन्त्री ओली ‘बेड रेष्ट’मा, प्रचण्ड र पोखरेल पुगे आराम कक्षमै

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : ०८


काठमाडौं । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् । 

चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरे ।

उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे । अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन ।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए । 

कान्तिपुर दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस्