नेपाली सेनाको नयाँ विमान आज आउँदै

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान काठमाडौँ आइपुग्दै छ । 
सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो ।

सो विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो । सेनाका अनुसार, विमान इन्डोनेसियाको वेस्टजाभा बान्डुङस्थित हुसेन सास्त्रानेगारा एयरबेसबाट काठमाडौँका लागि उडेको छ । विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँंग ३० मिलियन अमेरिकी डलर ९करिब तीन अर्ब ३८ करोड रुपियाँ० सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ । विशिष्ट व्यक्ति ९भीभीआईपी० को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ । नेपाली सेनासँंग हाल १२ वटा सञ्चालनमा र १५ वटा ग्राउन्डेट गरी २७ वटा हवाई साधन छन् । 
 गोरखापत्र दैनिकबाट ।


प्रतिक्रिया दिनुहोस्