डोटीमा बिहानै बस दुर्घटना, २५ घाइते

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


डोटी । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं– १ गौरीपानीमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। 

दुर्घटनामा कम्तीमा २५ जना घाइते भएका प्रहरी नायव उपरीक्षक दिलीप स्रिह देउवाले जानकारी दिनुभयो । 
 
महेन्द्र नगरबाट बाजुरा तर्फ जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।  बस सडकबाट ५० मिटर तल खसेको छ । उद्धारको लागि दुर्घटनास्थलमा प्रहरी पुगिसेको छ । 
दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्