भारतीय रक्षा प्रमुख रावतसँग प्रधानसेनापति शर्माको भेट, रक्षा सहयोग बढाउनेबारे छलफल

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : १५


काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षा प्रमुख चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन्।

नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ।

प्रधानसेनापति शर्मालाई आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस्