युवतीमाथि बलात्कार गर्ने राईलाई अनेरास्ववियुले गर्यो कारबाही

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सत्ताधारी दल नेकपाको विद्यार्थी संगठन अनेरास्वीयुले युवतीमाथि बलात्कार गर्ने आरआर कलेजका विद्यार्थी नेता इन्द्रहाङ राईलाई साधारण सदस्य नरहने गरि कारवाही गरेको जनाएको छ ।

केन्द्रीय सदस्य समेत रहेका राईमाथि छानबिन गरेर कारवाही गर्न समेत अनेरास्वीयुले माग गरेको छ । 

१८ बर्षिया किशोरी बलात्कृत भएको घटनाको प्रकाउ परेका छन् । 

गत सोमबार राति भैलो खेल्न बोलाएर गोकर्णेश्वर–६ माकलबारीमा रहेको आफ्नै साथीको कोठामा लगि किशोरीलाई बलात्कार गरेको राईमाथि आरोप छ । 

पीडित किशोरीको बयान र उजुरीका आधारमा राई गएको मंगलबार बिहान पक्राउ परेका हुन् । 


 


प्रतिक्रिया दिनुहोस्