स्कुल बसको ठक्करबाट पूर्वसांसदको मृत्यु

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । बसको ठक्करबाट धनुषाका पुर्वसांसद रामलखन महतोको मृत्यु भएको  छ ।

तत्कालीन नेकपा एमालेका नेता महतोको जनकपुर ढल्केवर सडकखण्डमा बसको ठक्करबाट निधन भएको हो । 

साइकलमा सवार उनलाई शुक्रबार काठमाडौँबाट जनकपुर तर्फ जाँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले ठक्कर दिएको थियो । 

२०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए।


प्रतिक्रिया दिनुहोस्