युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कुटिए, प्रशासनमाथि ‘गुण्डा’ प्रयोग गरको आरोप !

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । अतिरिक्त शुल्क असुलेको विरोधमा अहिले विभिन्न मेडिकल कलेजमा आन्दोलन भइरहेको छ ।

गण्डकी मेडिकल कलेज हुँदै  चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज र युनिभर्सल कलेज भैरह्वामा समेत विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

अवैध शुल्क असुलीको विरोधमा आन्दोलनमा उत्रेका विद्यार्थीमाथि कलेज प्रशासनले गुण्डा परिचालन गरेको आरोप विद्यार्थीले लगाएका छन् ।  

अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै विद्यार्थीहरुले शुक्रबार  युनिभर्सल मेडिकल कलेज भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

कलेज प्रशासन र प्रहरी प्रशासनबाट शान्तिपूर्ण आन्दोलनमा दमन भएको विद्यार्थीहरुले जनाएका छन् । त्यस क्रममा केहि विद्यार्थी घाइते भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आन्दोलनरत विद्यार्थीहरुले आफूहरु कलेज प्रशासनबाट परिचालित मानिसहरुबाट असुरक्षित रहेको बताएका छन् । 

 

आफ्ना माग सहित शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीमाथि गुण्डा परिचालन गरेको आरोप नेसनल मेडिकल कलेज विरगन्जमा सञ्चालक बसरुद्धिन अन्सारीमाथि पनि लागेको छ ।

सरकार मेडिकल माफियाहरुसँग डराएको भन्दै सत्तारुढ दलकै नेताहरुले आक्रोश व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्