अमेरिकन म्युजिक अवार्ड टेलर स्विफ्टले पाउने

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ५०


काठमाडाैं । यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान गायिका टेलर स्विफ्टले पाउने भएकी छिन् । यसअघि स्विफ्टले चार पटक आर्टिस्ट अफ द इयरको उपाधि पाइसकेकी छिन् । उनी यसवर्ष पनि नोमिनेशनमा परेकी छिन् । ‘लभर’ की गायिकासँग अमेरिकन म्युजिक अवार्डका २३ अन्य अवार्ड छन् ।

यसले उनलाई अमेरिकन म्युजिक अवार्डको दशककै उत्कृष्ट आर्टिस्टको शीर्ष स्थानमा पुर्यासउन सफल भयो । डिक क्लार्क प्रोडक्सनका एक्जिक्युटिभ मार्क ब्राकोले एक वक्तव्यमा भने । ‘हामी उनलाई दशककै उत्कृष्ट आर्टिस्टको उपाधि प्रदान गर्न पाउँदा निकै उत्साहित छौं ।’


प्रतिक्रिया दिनुहोस्