सानेपामा नेविसंघको नाराबाजी, विद्यार्थीहरुसँग जंगिए देउवा

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : ५१


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मुख्यालयमा  ५० वर्ष पुगेका नेतालाई नेविसंघको सभापति बनाउँन खोजेको भन्दै नाराबाजी भएको छ । 

५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको भन्दै कुन्दन काफ्ले समूहका विद्यार्थीहरुले सभापति देउवालाई नै घेरेर नाराबाजी गरेका हुन् । 

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेपछि तनाव उत्पन्न भएको छ । 

विद्यार्थीबाट घेरिएपछि आक्रोशित हुँदै देउवाले  ‘यो के गरेको’ भन्दै जंगिएका थिए । उनले औँला ठड्याउँदै हप्काएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए ।

सभापति लगायत नेताहरु कार्यालयभित्र छन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् ।

उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा शुक्रबार दिउसो १ बजे बैठक बस्ने तयारी थियो । तर कार्यकर्ताको नारावाजी र विरोधका कारण बैठक बस्न सकेको छैन । नेता कृष्ण प्रसाद सिटौला निकट कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्