भारतीय राष्ट्रपतिबाट लेखक लीलबहादुर क्षेत्रीलाई पद्मश्री पुरस्कार प्रदान

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५०


काठमाडौं। नेपाली लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन्।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले क्षेत्रीलाई सम्मानित गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष कार्यक्रममा उनलाई राष्ट्रपति कोबिन्दले सम्मान गरेका हुन्।

क्षेत्रीका ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास चर्चित छन्।

क्षेत्रीसहित सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले पनि पद्मश्री पुरस्कार पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्