भिरबाट लडेर महिलाको मृत्यु

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ०२


बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन्।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्