भान्टा र आरुका स्टिकरमाथि फेसबुकको प्रतिबन्ध

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्ट्राग्रामले अश्लीलता फैलाएको आरोपमा केहि फलफुल र सागसब्जीका स्टिकरमाथि प्रतिबन्ध लगाउँने भएको छ ।

कम्युनिटि स्ट्यान्डर्ड सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै फेसबुक र इन्स्टाग्रामले भान्टा र आरुको इमोजीमा हालै प्रतिबन्ध लगाएको हो ।

अब यी फलफुल र सब्जीकाको इमोजी प्रयोग गर्न पाइने छैन । कसैले यस्ता स्टिकर प्रयोग गरे फेसबुकले हटाउँने छ । 
युवापिढीमा यी स्टिकरले अश्लीलता प्रवर्द्धन गरेको फेसबुकको ठहर छ । 

फेसबुकले अब फोटोहरुमा अश्लीलता देखिनेगरि स्टिकरको प्रयोग भएमा समेत त्यस्ता फोटोहरुलाई समेत हटाउँने जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्