पार्टी काममा फर्किए झलनाथ खनाल

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : १०


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरी पार्टी काममा फर्किएका छन् ।

सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखेको नेकपा ९एस०का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ )खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने।

गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए।

चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन्।


प्रतिक्रिया दिनुहोस्