महरा भन्छन् – ‘म युवतीको घर गएकै छैन्’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको भएको घरमा नगएको बयान दिएका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा  महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरे ।

पीडित भनिएकी युवती शाहीले समेत महरा आफ्नो घरमा नआएको बताएकि थिइन् ।

अहिले महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा चलिरहेकोको छ ।

बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि धरौटिमा रिहा गर्ने वा कारागार चलान गर्नेमध्ये एक सजाय हुने बताइएको छ ।

रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

असोज १८ गते रोशनीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्  । 

त्यसको भोलिपल्टै काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्